नेपाल सुपर लिग : ललितपुरको दोस्रो जित, विराटनगर बाहिरियो



काठमाडौँ । नेपाल सुपर लिग प्रतियोगितामा ललितपुर सिटी एफसी लगातार दोस्रो जित निकाल्दै शनिबार नेपाल सुपर लिगको प्लेअफमा पुगेको छ ।
यसका लागि उसले दशरथ रंगशालामा भएको खेलमा विराटनगर सिटी एफसीलाई ४–० ले हरायो । हारले उपाधिको दाबेदार मानिएको विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ ।
ललितपुरको जितमा कप्तान अञ्जन विष्टले दुई गोल गरे । अञ्जनले ३६ औं मिनेटमा पहिलो गोल गरे । दोस्रो गोल भने विमल रानाले ६३ औं गरे र यससँग खेल विवादका कारण १० मिनेट रोकिएको थियो ।
यसैबीच ललितपुरका लागि अञ्जनले ८१ औं मिनेटमा तेस्रो गोल गरे । नुरुलान जाहिदले इन्ज्युरी समयको पाँचौं मिनेटमा चौथो गोल गरे ।
खेलको ८४ औं मिनेटमा विराटनगर १० खेलाडीमा सीमित भएको थियो । विजय धिमाल दोस्रो पहेँलो कार्ड पाएर मैदान छाड्न बाध्य रहे । यसक्रममा उनको प्रदर्शन निकै खराब रह्यो र उनले आफूले सम्हालेर खेल्न सकेनन् । पछिल्ला दुई खेलमा पराजित रहनु विराटनगरको पतनको कारण रह्यो ।
यो जितपछि ललितपुरको ६ खेलबाट ९ अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ । विराटनगर भने ७ अंकमै सीमित रहेर पाँचौं स्थानमा झ¥यो । प्रतियोगिताका सुरुआती चार खेलबाट ७ अंकसहित बलियो स्थितिमा रहेको विराटनगरले त्यसपछि अंक जोड्न सकेन् र अन्ततः अनुशासनका खराब उदाहरण पेस गरेर प्रतियोगिताबाट बाहिरियो ।

प्रतिक्रिया दिनुहोस्