प्रधानमन्त्री सचिवालयका तीन जनामा कोरोना संक्रमण



काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सचिवालयका तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापासहित सचिवालयका तीन जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार प्रधानमन्त्री ओलीसहित १५१ जनाको स्वाब संकलन गरिएको थियो । प्रधानमन्त्री ओलीको भने रिपोर्ट नेगेटिभ आएको छ । प्रेस सल्लाहकार थापा र सचिव भण्डारीलाई दोस्रो पटक संक्रमण भएको हो ।

प्रतिक्रिया दिनुहोस्