विभिन्न संवैधानिक आयोगमा नियुक्तिको सिफारिश



काठमाडौं : संवैधानिक परिषद्ले लोक सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रिक्त विभिन्न संवैधानिक आयोगका पदमा नियुक्तिका लागि सिफारिस गरेको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए। उनका अनुसार परिषद्ले सिफारिस गरेका नाम लिपीबद्ध गर्ने काम भइरहेकाले केहीबेरमा सार्वजनिक गरिनेछ।

सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले भने बैठक बहिष्कार गरेका थिए । प्रधानमन्त्री ओलै संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर नियुक्ति प्रक्रिया अघि बढाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्