भारतीय काठ नेपालतर्फ तस्करी



कपिलवस्तु : भारतको बलरामपुर जिल्लास्थित सुहेलवा संसक्षित वन क्षेत्रको काठ धमाधम नेपालमा तस्करी भइरहेको छ ।

पश्चिमी विजयनगर गाउँपालिकासँग जोडिएको भारतीय वन क्षेत्रबाट अवैध रुपमा जंगली सिसौ धमाधम नेपाल भित्रिएको छ । चाबाडको मौका छोपी तस्करहरुले भारतीय जंगली सिसौ काठको तस्करी गरिरहेका छन् । 

 

तस्करहरुले चोरकिो काठ भारतीय बजारमा बिक्री गर्न नमिल्ने भएकाले सीमामा पर्ने अर्ररा नदी पार गर िनेपाली भूमि हुँदै व्यापारीसम्म पुर्याउने गरेका छन् ।

अवैध रुपमा ल्याइने ती काठ यतिखेर नेपाली वन कर्मचारीको टाउको दुखाइ बनेको छ ।

 

खुला सीमा र नदी तर्दा बित्तिकै नेपाली भूभागमा आइने भएकाले पनि तस्करी नियन्त्रणमा समस्या भएको सीमावर्ती ठकुरापुर इलाका वन कार्यालयले जनाएको छ । 

 

अाजकाे गाेरखापत्र दैनिकले एघाराैं पृष्ठमा समाचार छापेकाे छ ।  

प्रतिक्रिया दिनुहोस्