विवेकशील साझाको एकता महाधिवेशन स्थगित



काठमाडौं– विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित भएको छ ।

मुलुकमा कोरोना भाइरस सङ्क्रमणको तीव्र फैलावटले अत्यन्तै प्रतिकूल अवस्था सिर्जना गरेको र ठुलो सङ्ख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले वैशाख २५ गते शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन जेठमा गर्न नसकिने निर्णय गरेको विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिएका हुन् ।

आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भएको थियो । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबिच गत वर्ष मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो।

परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को तिथि तय गरिने पनि बैठकले निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्