ओम अस्पतालले पनि अब कोरोनाका नयाँ बिरामी नलिने (विज्ञप्तिसहित)



काठमाडौँ : संघीय राजधानी काठमाडौँकै अधिकांश अस्पतालहरुले बेड अभाव र अक्सिजन आपूर्ति अपर्याप्त भएको भन्दै धमाधम कोरोनाका नयाँ बिरामी भर्ना नलिने बताउन थालेका छन् ।

कोरोनाका बिरामीको उपचार गरिरहेको चाबहितस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले पनि अब कोभिडका नयाँ बिरामी भर्ना लिन नसक्ने जनाएको छ ।

सरकारले नियन्त्रित कोटामा आउने अक्सिजन आपूर्ति अपर्याप्त भएकाले बिरामीको उपचारका लागि तयार रहे पनि नयाँ बिरामी लिन नसक्ने अस्पतालले एक विज्ञप्ति जारी गरि जनाएको हो ।

अस्पतालले कोभिड बिरामीको उपचारका लागि पर्याप्त जनशक्ति भएपनि अक्सिजनको अभावका कारण नयाँ बिरामी भर्ना गर्न असमर्थ रहेको विज्ञप्तिमा जनाएको छ । अक्सिजनको आपूर्ति सहज हुनासाथ उपचार सेवा पूर्ववत् संचालन गर्ने पनि अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्