एमाले खनाल–नेपाल समूहका स्थायी कमिटी सदस्यहरु छलफलमा



काठमाडौँ : नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको छलफलमा जुटेका छन् । कोभिड–१९ महामारीका कारण नेता नेपालले भर्चुअल माध्यमबाट स्थायी कमिटी सदस्यहरुसँग समूह–समूहमा छलफल गरिरहेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदैछन् । त्यसअघि नेपाल समूह छलफलमा जुटेको हो । २ जेठ, २०७५ को अबस्थामा पार्टीलाई फर्काउन ओली तयार नभए उनले विश्वासको मत लिनुअघि नै नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

तर, पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउन तयार भए प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने नेताहरुले बताएका छन् । त्यसै विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्