अक्सिजन सिलिण्डर जफत गरी अस्पताललाई



वीरगञ्ज । स्वास्थ्य प्रायोजनबाहेक अन्य कार्यका लागि स्टक गरि राखिएको ४३ वटा अक्सिजन सिलिन्डर रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले चन्द्रपुर, गरुडा र गौरको विभिन्न स्थानबाट उक्त अक्सिजन सिलिन्डर नियन्त्रणमा लिएको हो ।
प्रहरीले ७ किलो तौल भएको २८ वटा, १.५ किलो तौल भएको ३ वटा र खाली अक्सिजन ७ किलो तौल भएको १२ वटा अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको मध्ये २३ वटा अक्सिजन सिलिन्डरहरु गौर अस्पतालमा रहेको अस्थायी कोभिड वार्डलाई हस्तान्तरण गरिएको छ ।
अस्थायी कोभिड वार्डमा उपचाररत बिरामीहरुको लागि उक्त सिलिन्डर हस्तान्तरण गरिएको रौतहटका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्