टिमुर मनपर्छ ? जाडाेमा यसलाई प्रयाेग गर्नु लाभदायी हुन्छ



काठमाडाैं : टिमुर २ देखि ६ मिटर अग्लो हुने पतझर, काँडेदार, सुगन्धित झाडी वर्गको वनस्पति हो ।

 

अन्य बोटविरुवामा जस्तै भाले र पोथी फूल फरक–फरक बिरुवामा हुन्छ । टिमुर पाक्दा रातो रङको हुन्छ । यसको फलभित्र एउटा मात्र बिउ हुन्छ, जसको रङ कालो हुन्छ ।

 

टिमुर परम्परादेखि नै सर्वसाधारणले मसलाको रुपमा प्रयोग गर्दै आएको बहुउपयोगी र औषधीय गुण भएको एक महत्वपूर्ण फल हो । विशेषगरी अचार, तरकारी, च्याउ आदिको परिकार बनाउँदा टिमुरको प्रयोग गरिन्छ ।

 

टिमुरको फल, बोक्रा र बिउलाई मञ्जन र अत्तरको रुपमा प्रयोग गरिँदै आएको छ । यस्तै हैजा, ज्वरो, पेटको दुखाइ आदिको औषधिको रुपमा पनि टिमुरलाई प्रयोग गरिदै आएको छ ।

 

आयुर्वेदिक प्रणालीअनुसार टिमुरलाई दाँत दुखेको निको गर्न र तागत दिने फलको रुपमा लिइन्छ । यस्तै हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दाको औषधिको रुपमा प्रयोग समेत टिमुरलाई प्रयोग गर्न सकिन्छ । खानामा नियमित टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ । त्यसैले टिमुर जाडो मौसममा बढी लाभदायी मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्