कर्णाली प्रदेशमा सरकार पुनर्गठन



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।
उनले बुधबार दुई मन्त्रालयमा नयाँलाई अवसर दिँदै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
जसअनुसार रुकुमका सांसद गोपाल शर्मालाई आर्थिक मामिला मन्त्री बनाइएको छ भने विन्दमान विष्टलाई आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त मन्त्रीहरु गोपाल शर्मा र विन्दमान विष्ट


यसअघि आर्थिक मामिला मन्त्रीमा नेकपा एमालेका प्रकाश ज्वाला थिए ।
मुख्यमन्त्री शाहीले बैशाख ३ गते प्रदेश सभामा मागेको विश्वासको मतमा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गरेर शाहीलाई जिताएका थिए । पार्टी ह्वीप उल्लंघन गरेको भन्दै एमालेले ज्वालासहित ४ सांसदलाई कारबाही गरेको छ । त्यसयता सो मन्त्रालय रिक्त थियो ।
त्यसैगरी, माओवादी केन्द्रबाटै जुम्लाका सांसद रहेका नरेश भण्डारीले सम्हालेको आन्तरिक मामिला मन्त्रालयमा माओवादी केन्द्रकै विन्दमान विष्टलाई जिम्मेवारी दिइएको छ ।
आन्तरिक मामिला मन्त्री भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई शाहीले प्रदेश सरकारबाट हटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्