काठमाडौं । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि१ नेपालले बालाजुसिथ्त जनमैत्री अस्पताललाई २ थान हाई फ्लो अक्सिजन मेसिन प्रदान गरेको छ ।
डिस्ट्रिकका सर्वोच्च लिडर डिस्ट्रिक गभर्नर मनबहादुर रोकाले आह्वान गरेअनुरुप लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि१ नेपालका डिपार्टमेन्ट चिफ, लायन्स क्लब नयाँ बजारका संस्थापक अध्यक्ष हसन कुमार गोपालीको पहलमा लायन्स क्लब तथा लायन मित्रहरूबाट प्राप्त सहयोग रकमबाट उक्त अक्सिजन मेसिन अस्पताललाई हस्तान्तरण गरिएको हो ।
आइडी इन्डोर्सी लायन बालकृष्ण बुर्लाकोटीको आतिथ्यमा भएको कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर रोकाले अस्पताल प्रशासनलाई मेसिन हस्तान्तरण गरेका हुन । अक्सिजन मेसिन गण्डकी र धौलागिरीमा पनि वितरण गरिने त्यस अवसरमा जानकारी गराइयो ।