नयाँ सरकार गठनका लागि विपक्षी दललाई पाएको समयसीमा आज सकिँदै



काठमाडौँ : नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दललाई दिएको समयसीमा आज सकिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत लिन नसकेपछि राष्ट्रपति भण्डारीले बहुमत दलको सरकार गठनका लागि तीन दिनको समय दिएकी थिइन् ।

आजसम्म विपक्षी दलले बहुमत पुर्याएर राष्ट्रपतिसमक्ष नयाँ प्रधानमन्त्रीको नाम पेस गर्न नसके संसदको ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने छ । संसदमा अहिले सबैभन्दा ठूलो दल एमाले हो । र त्यसको संसदीय दलका नेता केपी शर्मा ओली नै हुन् ।

त्यसैले ओलीलाई पुनः प्रधानमन्त्री हुनबाट रोक्ने एमालेका माधव नेपाल र झलनाथ खनाल समूहले सांसद पदबाट राजीनामा दिने संकेत गरेका छन् । नेता भीम रावल र घनश्याम भुसालले यसको संकेत गरिसकेका छन् ।

बहुमतको सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरे पनि संसदका बहुमत सदस्य हालसम्म उनले आफ्नो पक्षमा जुटाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्