कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य



सुर्खेत : कर्णाली प्रदेशसभाको सातौँ (हिउँदे) अधिवेशन अन्त्य गरिएको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार रातको १२ बजेदेखि लागू हुनेगरी हिउँदे अधिवेशन अन्त्य गरेका हुन् । कर्णालीको सातौँ अधिवेशन वैशाख ३ गतेबाट सुरु भएको थियो ।

कोरोना भाइरस र राजनीतिक हलचलका कारण छोटो समयमा नै अधिवेशन अन्त्य गरिएको हो । हिउँदे अधिवेशन सकिएसँगै जेठ पहिलो सातादेखि बजेट अधिवेशन सुरु हुने प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्