गण्डकी प्रदेशमा आज इदको सार्वजनिक बिदा



पोखरा : गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान् पर्व इद–उल–फित्र (इद)को अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

बिदा दिने सम्बन्धमा प्रदेश सरकार मन्त्रिपरिषद्को विसं २०७७ चैत १७ को निर्णयको सूचना प्रदेश सरकारको राजपत्रमा प्रकाशन भइसकेको मन्त्रालयका उपसचिव हिमालचन्द्र अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्