१२ देशका श्रममन्त्री नेपाल अाउने



काठमाडाैं: १२ देशका श्रममन्त्री नेपाल आउने भएका छन् ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कात्तिक २९ र ३० गते काठमाडौ्रमा आयोजना गर्ने संयुक्त बैठक (कोलोम्बो प्रोसेस)म सहभागी हुन उनीहरु आउन लागेका हुन् ।

मन्त्रालयका अनुसार कात्तिक २९ गते उच्च सरकारी अधिकृत ३० गते मन्त्रीस्तरको बैठक हुनेछ । बैठकको नेपालले अध्यक्षता गर्नेछ । बैठकमा नेपालसहित भारत, इन्डोनेसिया, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, भियतनाम, श्रीलंका, अफगानिस्तान, कम्बोडिया, थाइल्यान्ड र चीनका श्रममन्त्री र उच्च अधिकारी सहभागी हुनेछन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले १६ देशका मन्त्रीसँगको बैठकमा कामदारको करारपत्र एउटै ढाँचाको  बनाउन प्रस्ताव गर्ने तयारी भएको बताए ।

 

आजको अन्नपूर्ण पोस्ट दैनिकले अर्थतन्त्र पृष्ठमा यो समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्