उपाधिका लागि काठमाडौं र धनगढी भिड्दै



काठमाडौँ : नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज (शनिबार) प्रतिस्पर्धा हुदैछ । पहिलो संस्करणको उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुन लागेको हो ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । प्रतियोगिताको फाइनल अघि दुबै टिमका कप्तान र प्रशिक्षक उपाधि जित्ने योजनासहित मैदान उत्रने बताइसकेका छन् ।

दुवै टोली प्रतियोगितामा तेस्रो पटक भिड्न लागेका हुन् । यसअघि लिग चरण र पहिलो प्लेअफमा भिडेका दुई टोली फाइनलमा पनि भिड्ने पक्का भएको हो । दुबै भेटमा काठमाडौं धनगढीसँग पराजित भएको थियो । फाइलनमा घरेलु मैदानमा काठमाडौंलाई धनगढीविरुद्ध दुई हारको बदला लिने अवसर रहेको छ ।

अघिल्ला दुई खेलमा विजयी धनगढी उच्च मनोबलको साथ फाइनल खेलमा मैदान उत्रँदैछ । फाइनलमा दुबै टोलीको अट्याकिङ लाइन बलियो देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्