रातो मत्स्येन्द्रनाथको सांकेतिक रथयात्रा आज



काठमाडौँ : रातो मत्स्येन्द्रनाथको रथयात्रा शनिबार हुने भएको छ । कोरोना महामारीका कारण यो वर्ष पूरा रथयात्रा नगरी सांकेतिक रुपमा मात्रै रथयात्रा गर्न लागिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए ।

शनिबार करिब १५० जनाले स्वास्थ्य मापदण्ड पूरा गर्दै करिब २५ मिटर रथयात्रा गरेर त्यहीँ विसर्जन गर्ने तयारी गरिएको महर्जनले जानकारी दिए । रथयात्रा साढे २ बजे ललितपुरको पुल्चोकमा हुने छ ।

रथयात्राको बारेमा बुधबार बसेको सरोकारवालाको बैठकले कोरोना महामारीलाई मध्यनजर राख्दै न्यून संख्यामा उपस्थित भएर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर प्रतीकात्मक रुपमा रथ तान्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्