सुनसरीमा निषेधाज्ञा कडाई गर्न सेना परिचालन



सुनसरी । कोरोना संक्रमितको मृत्यदर बढ्दै गएकोले सुनसरीमा शनिबार (आज) देखि निषेधाज्ञा पूर्ण रुपमा कडाईं गरिएको छ । शुक्रबार रातिदेखि थप जेठ १५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएसँगै पूरै कडाईं गरिएको हो ।
जिल्लास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समितिबाहेक स्थानीय सरकारले पनि कोरोना संक्रमित र मृत्युको अवस्था अनुसार कतिपय वडा सिलसँगै पुरै कडाई पनि गरेका छन् । जिल्लास्तरीय समितिले पनि तेस्रोपटक निषेधाज्ञाको समय थप गरेर कडाईं गरेको प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले बताए । उनका अनुसार निषेधाज्ञा कडाईं गर्नका लागि आवश्यक परेमा सेना समेत परिचालन गरिनेछ । ‘मान्छेको गतिविधि कम हुनेवितिकै संक्रमित र मृत्युदर घटछ,’ उनले भने, ‘१५ दिन पुरै कडाईं गरेपछि एउटा नतिजा आउँछ अनि त्यही अनुसार अघि बढ्न सहज हुनेछ ।’
शनिबार बिहानैदेखि जिल्लाका शहर तथा ग्रामीण क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरेपछि पुरै कडाईं भएको हो ।
निषेधाज्ञामा कडाईं गरेसँगै सर्वसाधारण मानिस औषधि खरिद र उपचारका लागि बाहेक घरबाहिर ननिस्कन सूचना जारी गरिएको छ । बैक तथा वित्तिय संस्था राष्ट्र बैकको इजाजत अनुसार अवस्था हेरेर कर्मचारी आलोपालो सेवा प्रवाह गर्न सूचना जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्