नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्सलाई



काठमाडौँ । काठमाडौं रेजर्सले शनिबार नेपाल सुपर लिग पहिलो संस्करण जितेको छ । यसका लागि दशरथ रंगशालामा भएको प्रतियोगिताको फाइनलमा धनगढी एफसीलाई १–० ले हरायो र यसमा क्यामरुन खेलाडी मेसुके ओलोमोयुले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । काठमाडौंले उपाधिसँगै कीर्तिमान ३५ लाख रुपैंया प्राप्त ग¥यो ।
प्रतियोगितामा यो दुई टिमबीचको तेस्रो भेट हो र यसक्रममा काठमाडौंले बेहोरेका दुई हारको बदला पनि लिएको छ । प्रतियोगिताको पहिलो उद्घाटन खेलमा काठमाडौंले जितसँगै सुरुआत गरेको थियो र अन्तिम खेलमा उसकै जितसँगै प्रतियोगिता टुंगेको छ । लिग चरणको समाप्तीमा काठमाडौं शीर्ष स्थानमा रहेको थियो ।
लिग चरणमा धनगढीले काठमाडौंलाई ३–० ले हराएको थियो । यस्तै पहिलो प्लेअफमा पनि धनगढीले काठमाडौंलाई २–१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्