गीतकार तथा कवि चेतन कार्कीको निधन



काठमाडौंँ : कवि, गीतकार, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ । ८४ वर्षीय कार्कीको छाउनीस्थित सैनिक अस्पतालमा आइतबार बिहान १०ः४५ मा निधन भएको कलाकार निर्देशक मोहन निरौलाले बताए ।

गत आइतबार अस्पताल भर्ना गरिएका उनी १६ गते देहरादूनबाट काठमाडौं आएका थिए । काठमाडौं आएपछि ज्वरो देखिएको कारण उनलाई अस्पताल भर्ना गरिएको थियो । कार्कीका दुई छोरा र श्रीमती छन् । कार्की पछिल्लो समय जावलाखेल स्थित निवासमा बस्दै आएका छन् । चलचित्र लेखन तथा निर्देशन समेत रहेका कार्कीको जन्म विसं १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा भएको थियो ।

थुप्रै गीत समेत लेखेका कार्कीको ‘तीजको लहर आयो बरिलै’, ‘बुझ्नै सकिनौँ तिमीले मेरो आँखाको भाका’ लगायतका दर्जनौँ गीत लोकप्रिय छन् । ‘आत्मा बेचेको छैन’, ‘ढलेको गिलास’ र ‘हनिमुन’ (उपन्यास), ‘बसिबियाँलो’ (कथासंग्रह), ‘माया पिरतीको कथा’लगायत थुप्रै कृति प्रकाशित छन् । कार्कीले विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ लगायतका फिल्मको निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्