जसपा अध्यक्षद्वय ठाकुर र यादवबीच भेटवार्ता हुँदै



काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच भेटवार्ता सुरू भएको छ। बालकुमारीस्थित पार्टी कार्यालयमा दुई अध्यक्षबीच भेट भइरहेको जसपा नेता डा. सुरेन्द्र झाले बताए। पार्टीमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल भएको बताए।

प्रधानमन्त्री चयनको विषयलाई लिएर जसपामा दुई धार देखिएको छ। पार्टी अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई सहयोग गरेका थिए। ठाकुर र महतोकै कारणले ओलीको निरन्तरता सम्भव भएको हो। संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष यादव भने ओलीलाई विस्थापित गर्ने पक्षमा थिए। दुई धारमा जसपा देखिएपछि विभाजनउन्मुख भएको भन्दै नेता तथा कार्यकर्ताहरुले चिन्ता प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्