पार्टीको विवाद मिलाउन दश सदस्यीय कार्यदल गठन



काठमाडौं : नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच आज करिक दुई घण्टा सिंहदरबारमा भएको वार्ता पछि पार्टीको आन्तरिक समस्या हल गर्न कार्यदल बनाउने दुई नेताबीच सहमति बनेको हो ।

वार्तास्थलबाट निस्किँदै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । कार्यदलमा दुवै पक्षका ५÷५ जना सदस्य बनाउने निर्णय गरेको वरिष्ठ नेता नेपालले जानकारी दिए ।

जसमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन् । त्यस्तै ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

कार्यदललाई तीन दिनको समय दिइएको छ भने सो कार्यादलले नै खाका तयार गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्