वीरगञ्जमा थप १६ संक्रमितको मृत्यु



वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६ जनाको मृत्यु भएको हो ।
नारायणी अस्पतालमा १० जना, वीरगञ्ज हेल्थकेयर हस्पिटलमा २ जना, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटल, नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पताल र होम आइसोलेसनमा १÷१ जनाको मृत्यु भएको हो । मृतक मध्ये पर्साका ६, बाराका ७, रौतहट र सर्लाहीका १÷१ जना र एकजना भारतीय नागरिक पनि छन् ।
नारायणी अस्पतालमा मात्रै १० जनाको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्