‘२०७५ जेठ २ मा फर्किनु त प्रतिगमन!’



काठमाडौं । नेकपा एमालेलाई २०७५ जेठ २ अर्थात् नेकपा माओवादी केन्द्रसँग एकता हुनुअघिकै संरचनामा फर्काउने गरी प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता जारी रहेका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले त्यस्तो हुन नसक्ने संकेत गरेका छन् ।
ओली र नेपालबीच तेस्रोपटक वार्ता हुने दिन आज जेठ २ कै सन्दर्भ पारेर थापाले २०७५ जेठ २ मा फर्किनु प्रतिगमन पो हो भनेर टिप्पणी गरेका हुन् ।
‘२०७८ साल जेठ २ गते पूरा तीन वर्ष बित्यो,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्राप्त सुझाव– पछाडि फर्किनु त प्रतिगमन हुन्छ !! नो वे !!!’

प्रतिक्रिया दिनुहोस्