अब अक्सिजनको अभाव हुँदैनः परराष्ट्रमन्त्री



काठमाडौँ । सरकारले कोरोना भाइरसको संक्रमितको उपचारका लागि अब अक्सिजनको अभाव नहुने जनाएको छ । सिंहदरबारमा आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अक्सिजनको आपूर्ति बढेकाले अब अक्सिजन र सिलिण्डरको अभाव नहुने देखिएको बताए ।
त्यस्तै अत्यावश्यकीय सामग्रीहरु अक्सिजन, खोप लगायतको तत्काल आपूर्तिका लागि सम्बन्धित निकायलाई तदारुकताका साथ काम गर्न निर्देशन दिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्