चार दशकमा विश्वबाट वन्यजन्तुकाे संख्या ६० प्रतिशतले घट्याे



गत चार दशकमा मानिसका कारण वन्यजन्तुको संख्या ६० प्रतिशले घटेको विश्व वन्यजन्तु कोषले जनाएको छ ।

 

प्रदूषण, वनविनास, जलवायु परिवर्तनजस्ता कारणले ती जीवजन्तु मासिएका हुन् । मानिसका कारण जीवजन्तु मासिएसँगै मानव सभ्यता नै संकटमा पर्न सक्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् ।

 

मानिसका लागि आवश्यक खानको बढ्दो उत्पादन, उर्जा, जमिन र पानीको बढ्दो मागका कारण यस्तो परिवर्तन भइरहेको हो । दक्षिण र मध्य अमेरिकामा हाड भएका जन्तुको संख्यामा नाटकीय कमी आएको छ ।

 

१९७० को तुलनामा अहिले यस्तो जीवको संख्या ८९ प्रतिशत कम भएको छ । अन्नपूर्ण पोस्टले अन्तर्राष्ट्रि पृष्ठमा यो समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्