महामारी नियन्त्रणका लागि कर्णाली प्रदेशले छुट्यायो झन्डै १४ करोड



काठमाडौँ : कर्णाली प्रदेश सरकारले कोभिड नियन्त्रण र उपचार सामग्री खरिदका लागि झन्डै १४ करोड रुपैयाँ तत्काल खर्च गर्ने गरी रकम छुट्याएको छ । जेठ २ गते बसेको प्रदेश मन्त्री परिषद्को बैठकले सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णयसमेत गरेको छ ।

प्रदेश सरकारले अक्सिजन सिलिन्डर खरिद तथा व्यवस्थापनको लागि ६ करोड ३५ लाख रुपैयाँको स्रोत सुनिश्चित गर्दै खर्चका लागि सहमति दिएको छ ।

यसैगरी, रेमडिसिभरलगायतका औषधि खरिदका लागि १ करोड, अक्सिजन कन्सनट्रेटर खरिदका लागि ५ करोड ४५ लाख र कोभिड बिरामीको हवाई उद्धारका लागि १ करोड छुट्याउने निर्णय प्रदेश मन्त्रिपरिषदले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्