‘मदन भण्डारीकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोज्दैछ’



काठमाडौँ : नेकपा एमालेका नेता बामदेव गौतमले पार्टीमा विखण्डन र विसर्जनपन्थ हावी हुन खोजेको टिप्पणी गरेका छन् । २८ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा गौतमले आफू मदन–आश्रितले निर्माण गरेको समाजवादको बाटो पछ्याउँदै हिंडिरहेको पनि दावी गरेका छन् ।

‘क. मदन र क. आश्रितको बाटोमा हिंड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त हुनु, सहकार्यको दिशामा अग्रसर हुनु हो,’ गौतमले भनेका छन्, ’तर, आज उहाँहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोज्दैछ ।’

उनले बृहत् वाम एकतामार्फत मदन–आश्रितको मार्ग दर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भनी कामना पनि गरेका छन् । त्यसका लागि आ–आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट मुक्त हुनु आवश्यक रहेको गौतमको ठम्याइ छ ।

प्रतिक्रिया दिनुहोस्