रोल्पामा दुर्गम गाउँका गरीब जनतालाई उज्यालो



रोल्पा : सुनिलस्मृति गाउँपालिका– ४ ले गरीब जनताका लागि उज्यालो दिएको छ । वडाका २० युनिटभन्दा कम विद्युत् खपत गर्दै आएका ५२७ घरधुरीलाई विद्युत् उपलब्ध गराइएको हो । कोरोनाका कारण लामो समयदेखि रोजगारी गुमाएका गरीब तथा विपन्नलाई वडा कार्यालयको निःशुल्क उज्यालो कार्यक्रमले प्रत्यक्ष फाइदा पुर्याएको छ ।

कार्यक्रमअन्तर्गत वडाले विपन्नको विद्युत् महसुल नेपाल विद्युत प्राधिकरणमा भुक्तानी गरेको छ । आठ सय २० घरधुरी रहेको वडामा विद्युत्को पहुँच भएका ७५९ घरधुरी छन् । विद्युतको पहुँचमा रहेकामध्ये २० युनिटभन्दा कम विद्युत् खपत गर्ने घरधुरीका लागि विद्युत महसुल तिरिदिइएको वडाध्यक्ष गञ्ज क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्