भक्तपुर नगरपालिकामा भेरोसेलको दोस्रो डोज जेठ ६ बाट



काठमाडौं । भक्तपुर नगरपालिकामा यही जेठ ६ गतेदेखि कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज दिइने भएको छ ।
भक्तपुर नगरपालिकाकाअनुसार गएको वैशाख ४ देखि वैशाख १५ गतेसम्म पहिलो डोज लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई जेठ १७ गतेसम्म भेरोसेलको खोप लगाइनेछ ।
भेरोसेल खोप लगाउनका लागि नगरपालिकाले १० वटै वडामा खोप केन्द्र तोकेको छ । तोकिएको मितिमा खोप लगाउन नभ्याउनेलाई जेठ १८ र १९ गते नगरपालिका कार्यालयपछाडि कमलविनायक बक्सिङ हलमा लगाइने जनाइएको छ ।
कोरोनाको लक्षण देखिएको र कोरोना पुष्टि भएको ३० दिन नपुगेकाहरुले खोप लगाउन पाउने छैनन् । आफ्नो तालिकाभन्दा अघि र एउटा वडाको व्यक्ति अर्को वडामा आउन नपाउने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्