मन्त्री महतोको पहलमा अक्सिजन सिलिन्डर जनकपुर पठाउदै



काठमाडौं– महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतो पहलमा चीनबाट ल्याएको अक्सिजन सिलिन्डर जनकपुर पठाइएको छ ।

स्वास्थ्य मन्त्रालयबाट २०० वटा अक्सिजन सिलिन्डर उनले जनकपुर पठाएकी हुन् ।

अक्सिजन सिलिन्डरको बितरण जिल्ला जनस्वास्थ्य कार्यालय धनुषा , प्रदेश आपूर्ति केन्द्र र प्रदेशिक अस्पताल जनकपुरबाट कोरोनाको बिरामीलाई उपलब्ध गराइदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्