बिरामीका आफन्तलाई अक्सिजन लिन नपठाउन अस्पताललाई निर्देशन



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामी वा आफन्तलाई अक्सिजन लिन नपठाउन अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालय सह– प्रवक्ता डा.समिर कुमार अधिकारीले एक सूचना जारी गर्दै जारी गर्दै अक्सिजन जस्तो औषधिय विषय बिरामी वा आफन्तलाई नै लिएर आउनु भन्न नमिल्ने बताएका छन् ।
उनले आइएमयूमार्फत प्राप्त तथ्याङकमा आधारित भई स्वीकृत मापदण्ड भित्र देशभरका अस्पतालहरुमा अक्सिजन आवश्यकता अनुसार उपलब्ध गराउने कार्य भइरहेको बताएका छन् । केही अस्पतालले बिरामीलाई अक्सिजन लिएर आउने भएमात्रै उपचार गर्ने भनेपछि मन्त्रालयले ध्यानाकर्षण गराएको हो ।
‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आइएमयूमार्फत प्राप्त तथ्याङकमा आधारित भई स्वीकृत मापदण्ड भित्र रही देशभरका अस्पतालहरुमा अक्सिजन आवश्यकता अनसार उपलब्ध गराउने कार्य भइरहेको छ ।’ जारी सूचनामा भनिएको छ, ‘केही अस्पतालले बिरामीलाई अक्सिजन लिएर आउने भए मात्रै उपचार गर्ने भन्ने सुन्नमा आएकोमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ । अक्सिजन जस्तो औषधिय विषय बिरामी वा आफन्तलाई नै लिएर आउनु भन्नै नहुनेमा कहि कतै कसैले यस्तो गर्ने गर्नु भएको छ भने नर्गन नगराउनु हुन अनुरोध छ ।’
मन्त्रालयले अस्पतालमा पुगेका अक्सिजन सिलिण्डरहरु अस्पतालको अक्सिजन आपुर्ती प्रणालीमा स्वतः जाने र सम्बन्धित व्यक्तिलाई उपलब्ध नगराउने व्यवस्था गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्