राजनीतिक गतिरोधले देश गम्भीर संकटमा : डा. भट्टराई



काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देश गम्भीर संकटमा फस्‍ने बताएका छन्। एकातिर कोरोना महामारी र अर्कोतिर अन्त्य हीन राजनीतिक गतिरोधले देश गम्भीर संकटमा फस्‍न लागेको बताएका हुन्। ‘देश गम्भीर संकटमा फस्दैछ’ भट्टराईले सामाजिक सञ्जाल ट्‍वीटरमा लेखेका छन्, ‘एकातिर कोरोना महामारी र अर्कोतिर अन्त्य हीन राजनीतिक गतिरोध। उनले सरकारले नीति र कार्यक्रम र बजेट पास गर्न नसक्ने बताएका छन्। त्यस्तै उनले वैकल्पिक सरकार बन्‍ने पनि उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘न ओली सरकारले नीति, कार्यक्रम र बजेट पास गर्न सक्छ। न वैकल्पिक सरकार बन्‍न। संविधानका स्तम्भ एकएक गरी ढल्दैछन् । सबै पार्टी, नेता निरीह । सर्पको मुखका भ्यागुता । अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ ?’ देश गम्भीर संकटमा फस्दैछ।एकातिर कोरोना महामारी,अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध ! न ओली सरकारले नीतिरकार्यक्रम र बजेट पास गर्न सक्छ ? न बैकल्पिक सरकार बन्न ! संविधानका स्तम्भ एकएक गरी ढल्दैछन् ! सबै पार्टीरनेता निरीह ! सर्पको मुखका भ्यागुता ! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ ?

प्रतिक्रिया दिनुहोस्