बारामा दुई नाबालक दाजुभाइको घाँटी रेटेर हत्या



बारा : बारामा दुई नाबालक दाजुभाइको घाँटी रेटेर हत्या भएको छ । बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा उनीहरुको शव फेला परेको छ ।

नौ वर्षीय उशमान अन्सारी र सात वर्षीय अमिन अन्सारीको शव आज बिहान भेटिएको हो । प्रहरीका अनुसार उनीहरु दुवैजना सहोदर दाजुभाइ हुन् । प्रदेश –२ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार उनीहरु हिजो दिउँसोबाट हराएका थिए ।

साँझ उनीहरुको खोजीसमेत गरिएको थियो । उनका बुबा वैदेशिक रोजगारीका लागि कतारमा छन् । डीआईजी सिंहले भने, “हत्याको कारणबारे अनुसन्धान सुरु गरेका छौं । पारिवारिक वा अन्य के कारण हो खोज्दैछौं । अहिले यसै भन्न सकिन्न ।”

प्रतिक्रिया दिनुहोस्