जसपा विवाद मत्थर, ठाकुर र यादवबीच सहमति



काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालमा उत्पन्न विवाद मत्थर भएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच आज भएको वार्ता सहमतिमा पुगेपछि विवाद मत्थर भएको हो ।

दुवै अध्यक्षबीच सहमति भएपछि संयुक्त विज्ञप्तिसमेत जारी भएको छ । आफ्नै नेतृत्वमा सरकार निर्माण हुने भए सरकारमा सहभागी हुने अन्यथा सरकारमा सहभागी नहुने निर्णय सार्वजनिक गरिएको छ । तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुनेछैन, जसपा नेपाल सरकारमा सहभागी नभइ प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहनेछन् । तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुनसक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढन सकिनेछ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पार्टीभित्र कसैले व्यक्तिगत स्वार्थ सिद्ध गर्नका लागि गुटबन्दी गर्ने, गुटउपगुट खडा गर्ने, पार्टी नेताहरुका विरुद्ध अनेकौं भ्रम फैलाउने, विखण्डन र विभाजनकारी भूमिका खेल्न खोज्ने क्रियाकलाप, विचार र प्रकृतिहरुलाई अन्त्य गरी पार्टीलाई एकतावद्ध राख्नुपर्छ भन्नेमा दुवै नेता सहमत भएका छन् ।

हेर्नुहोस् संयुक्त विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्