ताउक ताई सामुन्द्रिक आँधीका कारण पश्चिमी क्षेत्रमा वर्षाको सम्भावना



काठमाडौं । ताउक ताई सामुन्द्रिक आँधीका कारण नेपालका नदीहरुमा पानीको बहाब बढेर सतर्कता तहसम्म पुग्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार जेठ ४ गते अपरान्हदेखि जेठ ७ गतेसम्म नेपालको पश्चिम क्षेत्रमा वर्षा हुने र त्यसका कारण त्यहाँका नदी नालामा पानीको बहाब बढेर सतर्कता तहसम्म पुग्न सक्ने विभागले जनाएको छ । विभागले ती क्षेत्रमा पर्ने नदी तटीय भूभागमा उक्त अवधीसम्म विषेश सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्