१२ अस्पताललाई अक्सिजन प्लान्ट बनाउन अर्थले दियो १७ करोड



काठमाडौं । अर्थ मन्त्रालयले देशका विभिन्न १२ अस्पतालमा अक्सिजन पाइप लाइन र प्लान्ट विस्तारका लागि १६ करोड ८० लाख रुपैयाँको खरिद प्रक्रिया अगाढि बढाउन सहमति दिएको छ ।
स्वास्थ्य मन्त्रालयले मंगलबार सहमतिका लागि अर्थमन्त्रालयलाई पत्राचार गरेको थियो। अर्थमन्त्री विष्णु पौडेलले मंगलबार नै सहमति दिएका छन् । तनहुँको दमौली अस्पतालमा अक्सिजन पाइप लाइन विस्तार र ११ वटा अन्य अस्पतालमा अक्सिजन प्लान्ट विस्तारका लागि खरिद प्रकृया अगाडि बढाउन अर्थमन्त्रालयले स्वीकृति प्रदान गरेको हो ।
स्याङ्जाको स्याङ्जा अस्पताल, बैतडीको बैतडी अस्पताल, डोटीको डोटी अस्पताल, अर्घाखाँचीको अर्घाखाँची अस्पताल, नवलपरासीको पी चन्द्र अस्पताल, कपिलबस्तुको तौलिहवा अस्पताल, पाल्पाको पाल्पा अस्पताल, दाङको प्रादेश अस्पताल, बर्दियाको बर्दिया अस्पताल, प्युठानको प्युठान अस्पताल र तेह्रथुमको तेह्रथुम अस्पतालमा अक्सिजन प्लान्ट विस्तारका लागि अनुमति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्