लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प



काठमाडौँ : लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अहिले ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिए ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महसुश भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा पनि ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको थियो । दुबै भूकम्पको केन्द्र लमजुङको भुलभुले हो ।

विहानै भूकम्पको ठूलै कम्पन आएपछि लमजुङ र आसपासका जिल्लाका बासिन्दा घर बाहिर निस्किएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार भूकम्पले १२ वटा घरमा क्षति पुर्‍याएको छ भने अहिलेसम्म ४ जना घाइते भएका छन्

प्रतिक्रिया दिनुहोस्