काठमाडौँ चीनको सिचुवान प्रान्तले सहयोग स्वरुप उपलब्ध गराएको अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।
सिचुवान एयरलाइन्सको विमान मार्फत स्वास्थ्य सामग्री बुधबार त्रिभुवन विमानस्थल आइपुगेको जानकारी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दिएकी हुन् ।
अक्सिजन ग्याससम्बन्धी सामग्री तथा पीपीईसहितका अत्यावश्यक स्वास्थ्य सामग्री आइपुगेको हो । चीनको केन्द्र सरकारले पनि सहयोग सामग्री उपलब्ध गराएको छ । सरकारले खोपका लागि पनि पहल भइरहेको बताए पनि हालसम्म थप खोप आउन सकेको छैन ।