प्रतिनिधिसभामा मन्त्रीसँग सवालजवाफ



प्रतिनिधिसभामा पहिलोपटक सोमबारदेखि प्रश्नोत्तर सुरु भएको छ। सांसद र मन्त्रीबीच प्रत्यक्ष सवालजवाफ सुरु भएको हो।

प्रतिनिधिसभा सञ्चालन नियमावलीको परिच्छेद ८ ले गरेको व्यवस्था अनुसार सोमबारदेखि प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रम सुरु गरिएको हो। नियमावलिको परिच्छेद ८ ले नेपाल सरकारको उत्तरदायित्व भित्रको सार्वजनिक महत्वको कुनै पनि विषयमा बैठकमा प्रश्न सोध्न सकिने व्यवस्था गरेको छ। प्रश्नोत्तरको व्यवस्थाको कार्यान्वनय भएको पहिलो दिन सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत प्रश्नोत्तर गरिएको छ।

सांसदहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग मौखिक प्रश्नहरु राखेका थिए।

प्रतिक्रिया दिनुहोस्