पोखरा प्रिमियर लिगः काठमाडौंले टस जितेर फिल्डिङ गर्दै



पोखरा : पोखरा प्रिमियर लिगमा आज पनि दुई खेल हुँदैछ । आजको पहिलो खेल पारस खड्काको चितवन राइनोज र ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सबीच हुनेछ । खेलमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेको छ ।

अंक तालिकामा काठमाडौं रोयल्स तेस्रो स्थानमा छ भने चितवन राइनोज साथ चौथो स्थानमा छ । आजको खेल जित्दै काठमाडौं रोयल्स आफ्नो सेमिफाइनल यात्रा पक्का बनाउने सोचका साथ मैदानमा उत्रने छ । चितवन राइनोजका लागि अगाडिको यात्राका लागि आजको खेल जित्न महत्वपुर्ण हुनेछ ।

आजै हुने दोस्रो खेलमा बुटवल ब्लास्टर्स र धनगढी ब्लुज भिड्दैछन् । बुटवल ब्लास्टर्स ४ अंकसहित अंक तालिकाको पहिलो स्थानमा छ भने धनगढी ब्लुज पाँचौ स्थानमा छ । आजको खेलमा जित निकालेमा बुटवलको सेमिफाइनल यात्रा पक्का हुँनेछ । 

प्रतिक्रिया दिनुहोस्