थप १२ अस्पताललाई ८ करोड १० लाख रुपैयाँ



काठमाडौं । सरकारले थप १२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँ दिने सहमति भएको छ ।
अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडीयू जडान र पीसीआर मेसिन खरिदका लागि अर्थ मन्त्रालयले १२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँको सहमति दिएको हो ।
अर्थमन्त्रालयले त्रिवि शिक्षण अस्पताल र जिल्ला अस्पताल संखुवासभालाई ८०÷८० लाख, जिल्ला अस्पताल चौतारा, जिल्ला अस्पताल दैलेख, जिल्ला अस्पाताल धनकुटा, जिल्ला अस्पताल जलेश्वर र जिल्ला अस्पताल इलाम, रामेछाप अस्पताल, चौरजहारी अस्पताल रुकुम पश्चिम र टिकापुर अस्पताल कैलालीका लागि ७५÷७५ लाख रुपैयाँ दिने सहमति गरेको छ । यस्तै, ओखलढुङ्गा अस्पताल र व्यास अस्पतालका लागि २५÷२५ लाख रुपैयाँ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुसार अर्थ मन्त्रालयले कोभिड नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्