वैदेशिक राेजगारीले सम्बन्धविच्छेदका घटना बढ्दै



सिन्धुपाल्चोक : नयाँ मुलुकी संहिता जारी भएसँगै सम्बन्धविच्छेदका मुद्दा दर्ता बढ्न थालेका छन् ।

विशेषगरी वैदेशिक रोजगारीमा गएका श्रीमानले श्रीमतीसँगको सम्बन्ध बिग्रिएको र पत्नी अर्कैसँग लागेको भन्दै सम्बन्धविच्छेद गर्न थालेका छन् । नयाँ संहिताले सम्बन्धविच्छेदको मुद्दा प्रक्रिया केही सहज बनाएको छ ।

 

जसले गर्दा पारपाचुके गर्न सीधै अदालत जान पाइने छ । सिन्धुपाल्चोक जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यले सम्बन्धविच्छेदका अधिकांश मुद्दा वैदेशिक रोजगारीका कारण सिर्जना भएको बताए ।

 

उनले भने, ‘पति या पत्नी वैदेशिक रोजगारीमा गएका हुन्छन्, सम्बन्ध बिग्रन जान्छ अनि सीधै अदालत आउँछन् ।’ अदालतका श्रेस्तेदार लेखनाथ पौडेलका अनुसार पछिल्लो समय जिल्लामा सम्बन्धविच्छेदका मुद्दा डरलाग्दो गरी बढेको छ ।

 

अभिलेखअनुसार चालु आर्थिक वर्षका लागि अघिल्लो वर्षको जिम्मेवारी सरेको र असोज मसान्तसम्म दर्ता भएका गरी दुई थान मुद्दामा ५२ थान सम्बन्धविच्छेदका छन् । उक्त संख्या कुल जिम्मेवारी सरेका मुद्दाको एक चौथाइभन्दा बढी हो । 

अाजकाे अन्नपूर्ण पाेस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्