नेपाल अफगानिस्तानबीचकाे मैत्रीपूर्ण खेल रद्द



काठमाडौं- अफगानिस्तानसँग खेल्ने तयारी गरिएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ।

 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मङ्सिर २७ गते अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको मिति तय गरेको थियो। तर अन्तिम समयमा आएर अफगानिस्तानले नेपालसँगको मैत्रीपूर्ण खेलमा सहभागिता नजनाउने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए।

 

“प्राविधिक कारणले उनीहरुले नेपालसँगको खेल रद्द गरेको जानकारी एन्फालाई दिएका छन्, थप कुरा बुझ्ने काम भइरहेको छ”, उनले भने। 

 

एन्फाले राष्ट्रिय फुटबल टोलीलाई वर्षभरि व्यस्त राख्न भन्दै विभिन्न देशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तालिका यसअघि सार्वजनिक गरेको थियो। रासस

प्रतिक्रिया दिनुहोस्