स्वास्थ्यकर्मी कुटपिट प्रकरण : छानबिन समितिले प्रतिवेदन बुझाउँदै



दाङ । भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणबारे छानबिन गर्न गठित समितिले आइतबार आफ्नो प्रतिबेदन बुझाउने भएको छ । गएको बिहीबार राति दाङ, तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत चिकित्सक र नर्सहरुमाथि आक्रमण गरेका थिए ।

त्यसपछि घटना छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन भन्दै सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले घटनाबारे प्रतिवेदन तयारी पारिसकेको र आइतबार नै प्रतिवेदन बुझाउने समितिका एक सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोडफोड गरेको आरोपमा मानबहादुर रावत, लोकराज रावत र भरत रावतलाई प्रहरीले सोही दिन राति नै पक्राउ गरेको थियो । बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले पीडित स्वास्थ्यकर्मी र अस्पताल विकास समितिको जाहेरीका आधारमा उनीहरुविरुद्ध शुक्रबार नै ज्यानमार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्