मोटरसाइकल र स्कुटर कारबाहीबाट ९७ लाख २५ हजार राजश्व संकलन



काठमाडौं : काठमाडौं महानगरपालिकाको नगर प्रहरीले विभिन्न स्थानमा अव्यवस्थित तरिकाले पार्किङ गरिएका ९ हजार ७ सय २५ मोटरसाइकल तथा स्कुटरका चालकलाई कारबाही गरेको छ ।

नगर प्रहरीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म मोटरसाइकल तथा स्कुटरलाई कारबाही गरेर ९७ लाख २५ हजार राजश्व संकलन गरेको जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा काठमाडौँको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, बानेश्वर, कोटेश्वर, कलङ्कीलगायतका फुटपाथ क्षेत्रमा अवैध रुपमा पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको नगर प्रहरीले जनाएको छ ।

यातायात व्यवस्था विभागका अनुसार २०७५ फागुनसम्म काठमाडौँ उपत्यकामा ९ लाख २१ हजार ९१७ मोटरसाइकल तथा स्कुटर सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्