घाँस काट्न गएकी बुहारी मृत फेला, बुहारी खाेज्न गएकी सासू बेपत्ता



बैतडी : बैतडी दाेगडाकेदार गाउँपालका ४ श्रीकेदार साउँगाउँबाट बेपत्ता भएका सासू बुहारीमध्ये बुहारीको बिहीबार शव फेला परेको छ । सासू अझै बेपत्ता छिन् । 

 

बुधबार घाँस काट्न भनी घरबाट निस्केकी निर्मला साँझसम्म घर नर्फकिँदा सासू पार्वती बुहारी खोज्न जाँदा उनीसमेत बेपत्ता भएका प्रहरीले जनाएको छ । 

 

दुवै रातिसम्म पनि घर नफर्किएपछि परिवारका अन्य सदस्य खोज्न निस्किएका थिए । निर्मला बिहीबार बिहान स्थानीय ओडीगाउँ जंगलमा झुण्डिएको अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । 

 

प्रहरी चौकी खोचलेकबाट प्रहरी सहायक निरीक्षक श्यामसिंह महराको नेतृत्वमा प्रहरी टोली खाेजीका लागि परिचालन गरिएको छ । घटना रहस्यमय रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्