उपत्यकामा जेठभर निषेधाज्ञा, खाद्यान्न पसल बिहान खुल्ने



काठमाडौं : संघीय राजधानी काठमाडौं उपत्यकामा जेठभर निषेधाज्ञा जारी रहने भएको छ। बुधबार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। बैठकले खाद्य पसल बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

पछिल्लो एक सातादेखि खाद्यान्न पसल पनि सञ्चालनमा रोक लगाइएको थियो। यस्तै निर्माणका काम पनि सञ्चालन हुने भएका छन्। रातको समयमा निर्माण सामग्री ढुवानी गर्न र मजदुरलाई निर्माणस्थलमै खान बस्नको व्यवस्था गर्न भनिएको छ। अत्यावश्यकबाहेकका कार्यालय खोल्न नपाइने व्यवस्था कायमै छ। बैंक तथा वित्तीय संस्था पनि अहिलेकै अवस्थामा सञ्चालन हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस्