जसपा नेता झाको आवाजमा ‘उठु मधेशी…’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य केशव झाले आफ्नो नयाँ मैथिली गीत सार्वजनिक गरेका छन्।

झाले ‘उठु मधेशी, जागु मधेसी’ बोलको गीत सार्वजनिक गरेका हुन्। झाले शब्द र स्वर दिएको गीत मंगलबार सार्वजनिक भएको हो।

गीतमा पहिचान र स्वाभिमानलगायतका अधिकार हासिल गर्न आन्दोलनलाई निरन्तरता दिन अझै जरूरी रहेको उनले सन्देश दिएका छन्। गीतमार्फत् उनले अधिकारका लागि मधेसी समुदाय उठ्नुपर्ने र आफूहरु पनि एक आपसमा लड्न नहुने सन्देश दिन खोजेका छन्।

प्रतिक्रिया दिनुहोस्