शीर्ष तीनमा पर्ने चितवनको सम्भावना कायमै, काठमाडौं पराजित



पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले दोस्रो जित दर्ता गर्दा काठमाडौं रोयल्सले पहिलो हार बेहोरेको छ । १३ रनको जितसँगै चितवनले प्लेअफ पुग्ने सम्भावनालाई मजबुती प्रदान गरेको छ

 

चितवनले काठमाडौं रोयल्सलाई १३ रनले पराजित गर्दै लिगमा दोस्रो जित दर्ता गरेको हो । जितका लागि अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा काठमाडौंले ३ रन मात्र जोड्न सक्यो ।

 

काठमाडौका लागि गौरव तमोरले ३९ रनको योगदान दिए । मध्यम शुरुवात गरेको काठमाडौंका लागि पवन सर्राफ र गौरव तमोरले तेस्रो विकेटको लागि ५८ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।

 

कप्तान ज्ञानेन्द्र मल्ल ३० रनमा करण केसीबाट बोल्ड आउट भए । पवन सर्राफले २८ रन बनाए । ओपनर जयकिसन कोल्सवाला १८ रनमा पेभेलियन फर्किए । पृथु बास्कोटा ४ रनमा आउट भए । अमित श्रेष्ठ १ रनमा आउट भए । चितवनका करण केसीले ३ विकेट लिए । पारस खड्काले २ तथा सन्नी पटेल र स्मित पटेलले समान १ विकेट लिए ।

 

त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । हरिले सर्वाधिक ६० रनको अर्धशतकीय इनिङ्स खेले ।

 

४९ बलमा हरिले ५ चौका र ३ छक्का प्रहार गरे । राम्रो शुरुवात गरेको चितवनका लागि ओपनर ब्याट्सम्यानद्य अनिलकुमार साह र हरिशंकर साहले पहिलो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्